लोकसेवाः स्थानीय तहतर्फको सहायक स्तर पाँचौको नतिजा सार्वजनिक, ३२४१ उत्रीण

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश हेटौंडाले स्थानीय तहतर्फको सहायक स्तर पाँचौ तहको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत बर्ष फागुनमा आयोगले गत स्थानीय तहतर्फको विज्ञापन नं २२८–२३२ ०७७–७८ (खुला तथा समावेशी), एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन÷लेखा समूह सहायकस्तर पाँचौ तह, सहायक पाँचौ÷लेखापाल÷आ ले प पदको प्रथम चरणको परिक्षा संचालन गरेको थियो ।

Advertisement 1

जसको नतिजा तीन महिना पछि आज सार्वजनिक गरिएको हो । आयोगको अनुसार, पहिलो चरणमा ३ हजार २ सय ४१ जना उत्रीण भएका छन् । पहिलो चरणको परीक्षामा ५ हजार ९ सय १८ जना सहभागी रहेका प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौंडाले जनाएको छ । आयोगका अनुसार,उत्तरपुस्तिकामा की नलेख्ने २२ जनाको उत्तरपुस्तिका रद्द गरेको छ ।

(नतिजा हेर्न तलको फाइल क्लिक गर्नुहोला )

Advertisement 2

psc_bagamati_Result

प्रकाशित :२०७८ जेष्ठ २४, सोमबार १२:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry