भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरपालिकाले दियो १ करोड १ हजार

काठमाडौं। विराटनगर महानगरपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि १ करोड १ हजार रुपैयाँ सहयोग गरेको छ।
Advertisement 1
महानगरपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ र जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाको मासिक पारिश्रमिकसमेतबाट रकम जुटाएर रु. १,००,०१,००० उपलब्ध गराउने निर्णय गरेको हो।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित परिवारलाई राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको महानगरपालिकाले जनाएको छ।
Advertisement 2
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनस्र्थापनाको कामना गरिएको छ।

Advertisement 3
महानगरपालिकाले विपद्को समयमा राज्यका सबै तह, निजी क्षेत्र, संघसंस्था, नागरिक समाज तथा आम नागरिकले सहयोग गर्नुपर्नेमा जोड दिएको छ।
यसैगरी, भोटेकोशी बाढी प्रभावितको उद्धार, उपचार, राहत तथा पुनस्र्थापनाका लागि देश तथा विदेशमा रहेका नेपाली, उद्योगी–व्यवसायी, संघसंस्था तथा आम नागरिकलाई समेत सहयोग गर्न महानगरपालिकाले अपिल गरेको छ।








