प्रहरीलाई विपद् व्यवस्थापन सामग्री

भोजपुर। पौवादुङमा गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले इलाका प्रहरी चौकी तिवारी भञ्याङसहित अन्य २ वटा प्रहरी चौकीलाई विपद् व्यवस्थापनसम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ।

Advertisement 1

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले लाइट जडित सेफ्टी हेलमेट, स्टेचर, रेनकोट, फायरबल लगायत करिब रु १ लाख ५० हजार बराबरका सामग्री सुरक्षाकर्मीलाई हस्ताणतरण गरिएको बताए।

वर्षायामसँगै बाढी, पहिरो, आगलागी तथा अन्य सम्भावित विपद्का घटना बढ्न सक्ने भएकाले समयमै पूर्वतयारीस्वरूप सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।

Advertisement 2

उपाध्यक्ष ज्योत्सना राईले विपद् व्यवस्थापन केवल प्रतिक्रिया नभई पूर्वतयारी, सचेतना र दिगो व्यवस्थापनसँग जोडेर हेर्नुपरेकाले उक्त सामग्री सुरक्षा निकायलाई उपलब्ध गराएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाले सीमित स्रोतसाधनका बीच काम गरिरहेका सुरक्षाकर्मीका लागि प्राप्त सामग्री उपयोगी हुने उल्लेख गर्दै भविष्यमा पनि सहकार्य आवश्यक रहेको बताए।

प्रकाशित :२०८३ असार १५, सोमबार १५:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry