२४ घण्टामा थप २,४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२४ घण्टामा नेपालमा थप २,४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement 1

१० हजार ६४८ जनाको पिसिआर परीक्षण र ४ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। संक्रमणबाट सोमबार १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६०७ रहेको छ।

नेपालमा हाल ९ हजार ५२२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ लाख ८० हजार ४५७ खोप लगाइएको छ। हालसम्म संक्रमितको संख्या पिसिआर परीक्षणबाट ८ लाख ३५ हजार ९२७ र एन्टिजेन परीक्षणबाट ९७ हजार ९६७ रहेको छ।

Advertisement 2

निको हुनेको संख्या ३१३ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेको कूल संख्या ८ लाख १४ हजार ७९८ पुगेको छ।

प्रकाशित :२०७८ पुष २७, मंगलवार १७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry