गर्भवती महिलाको उद्धार 

हुम्ला। सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८ वर्षीया सरिता लामाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाएको छ।

Advertisement 1

आइतबार  बेलुका हुम्ला जिल्ला अस्पतालमा सुत्केरी गराउन सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा उनलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीले  उच्च रक्तचापको समस्याबाट पीडित गर्भवती महिलाको उपचार प्रक्रियाअघि बढाउँदा वेहोस हुनपुगेपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान अनुरोध गरेको जानकारी दिए।

Advertisement 2

डा तिवारीका अनुसार लामाको गर्भमा रहेको बच्चा ३१ हप्ताको मात्रै रहेको छ। भिडियो एक्सरे जाँच गर्दा बच्चाको तौल करिब १२ सय ग्राम मात्रै देखिएको र बच्चाको तौल कम भएकाले थप उपचारको आवश्यक रहेको बताए।

प्रकाशित :२०८३ असार ८, सोमबार १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry