आजीवन एक महिना पेन्सने राष्ट्रिय आविष्कार केन्द्रलाई

पछिल्लो समय जन्मदिनलाई फरक ढङ्गले मनाउने चलन बढ्दै गइरहेका बेला पूर्व सचिव भीम उपाध्यायले १ महिनाको पेन्सन रकम राष्ट्रिय आविष्कार केन्द्रलाई दान दिने घोषणा गरेका छन् ।
उनले पाउने पेन्सने रकमको एक महिना बराबरको रकम हरेक वर्ष आजीवन महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दान दिने आफ्नो फेसबुकको माध्यमबाट घोषणा गरेका छन् ।
यस्तो छ

Advertisement 1

मैले पाउने पेन्सन रकमको एक महिना बराबरको रकम हरेक वर्ष आजीवन

Mahabir Pun नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दान दिने घोषणा गरेबमोजिम यस वर्ष आज बैशाख १४ गते पनि मेरो जन्मदिनको अवसरमा पनि एक महिनाको पेन्सन दान गरेको छु। आविष्कार केन्द्र उद्यमशील बन्न चाहने प्राविधिक युवा प्रतिभाहरूका निम्ति सीप बुद्धि खेलाउने प्राविधिक मन्दिररूपी प्रयोगशाला हो। यस्ता ईनोभेशन केन्द्रहरू देशका विभिन्न ठाउँमा खोलिदै जाउन्। यो मन्दिर पुग्दा मलाई जहिले पनि त्यसै आनन्द लाग्ने गर्छ।
प्रकाशित :२०७८ बैशाख १४, मंगलवार ११:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry