जमदारको हत्यारा जेल चलान

अञ्जनकुमार।
गत असार २१ नेपाली सेनाका जमदार बुद्धि बहादुर बोहरालाई हत्या गरि लगभग साढे दुईतोला जति सुनको औँठी र सिक्री लुटेर फरार भएका लमजुङ दोर्दी गाउँपालिका–२ स्थायी ठेगना भइ सुन्दरबजार नगरपालिका–९ डेरा गरि बस्ने ३० वर्षीय लामिछाने पुर्पक्षका लागि जेल चलान भएका छन्।
Advertisement 1
निकै मिल्तीका साथी समेत रहेका लामिछाने र ५७ वर्षीय अवकाश प्राप्त जमदार जुवातास, जाड रक्सीका मात्रै हैनन अन्य रंगरसमा पनि सगसगै हुने साथीलाई दिनभरि सुन्दरबजार एरिया तिर डुलाएर साझपख बेनपा–१ स्थित गाइखुरे माथि भीरपानी सामुदायिक वन जगलमा लगि चिलाउनेको लछारोले घुच्चुकमा हानेर मुर्छा पारेपछि ढुङ्गाले अनुहार र टाउकोमा हानेर हत्यागरि सोही दिन करिबकरिब आठ बजेतिर भरतपुर–२१ पार्वतीपुर चितवन बाबा आमा बस्ने घरमा पुगेका थिए।
२१ गते खाना खाएर निस्केका बुद्धि बहादुरको तीन दिनसम्म कुनै अत्तोपत्तो नभएपछि उनको श्रीमती बाल कुमारी घिमिरे बोहराले २३ असारमा जिल्ला प्रहरी कार्यालय बेसीशहरमा खोजिनिधी गरिदिन भन्दै उजुरी गरेकी थिइनँ। उनको उजुरीको आधारमा प्रहरीले शकास्पद केही मान्छेलाई सोधपुछ पनि गरेको थियो। यसै क्रममा प्रहरीले विजय लामिछानेलाई फोन गर्दा आफू चितवन भएको बताए। प्रहरीले केही सोधपुछ छ आउनु न भनेपछि २४ गते जिप्रका लमजुङमा हाजिरी भएपनि आफुलाई खासै केही थाहा नभएको बताए। खोजतलासका क्रममा बोहराको लास असार २५ बिहान ९ बजेतिर सो जगलमा निकै दुर्गन्धित अवस्थामा फेला पर्यो। लामिछाने टसमस भएनन्। तर भोटेओडार, उदिपुर आसपासको सिसिटिभी फुटेजले लामिछानेनै अभियुक्त हुनसक्ने प्रवल सम्भावना देखिएपछि प्रहरीले लामिछानेलाई गलाउन निकै पापड पेल्नु पर्यो।
Advertisement 2
ढाँटेको कुरा काटे मिल्दैन भनेझै लामिछानेले हत्या गरि लुटपाट पारेको स्विकारे। उनले लुटेको सुन पार्वतीपुरकै मौलाकाली सुनचाँदी पसलमा बेचेको बताए। लामिछानेले बताए अनुसार प्रहरीले उक्त पसलमा खानतलासी गर्दा लुटेको गहना फेला पर्यो। लामिछानेको बाउआमासंँग राम्रो चिनजान र कारोबार गर्दै आएका सो पसलका संचालक दिपकको पसलमा लामिछाने २२ गते साँझतिर बेच्न पुगेका थिए। ६ लाख ४४ हजार बराबर मुल्य गरेपनि बिल नभएकोले दिपक ले उक्त सुन नलिने बताए। तर लामिछानेले कर गरे।
यो श्रीमतीको गहना हो अहिले अलि समस्या परेर बेच्न खोजेको। बिल र नागरिकता भोलि लिएर आउने ४४ हजार त दिईराख्नु भनेपछि दिपकले ४४ हजार दिई पठाए। दिपक भोलिपल्टै भान्जीको बिहेमा काठमाडौ जानुपर्ने भएकोले हवाई मार्गबाट काठमाडौ आए। आफ्नो श्रीमतीलाई लामिछानेले भनेको कुरा अर्थाएर। भान्जीको बिहे सकाएर दिपक फर्किए। तर लामिछाने बिल लिएर पैसा लिन आएनन्। ३० गते एक्कासि प्रहरी लिएर पुगेपछि दिपकको मनमा चिसो नपस्ने कुरै भएन। प्रहरीले घटनाक्रम यस्तो हो भनेपछि दिपक पनि प्रहरीको नियन्त्रणमा परे।
Advertisement 3
जिल्ला प्रहरी कार्यालयको लामो अनुसन्धानपछि श्रावण २६ गते कर्तव्य ज्यान तथा चोरी डकैती मुद्दामा लामिछानेलाई कारागार चलाउन गरिएको छ भने, सुनचाँदी व्यवसायी दिपक बिकलाई १ लाख ६० हजार धरौटी तारेखमा जिल्ला अदालत लमजुङले छाड्ने आदेश दिएको छ।








