नागरिकता अध्यादेशविरुद्धका रिटमाथि सुनुवाइ गर्न वरिष्ठताका आधारमा इजलास गठन

कनिष्ट न्यायधीशलाई राखेर संवैद्यानिक इजलाश गठन गरेका कारण विवादमा तानिएका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले बरिष्ट न्यायधीशहरुलाई समेटेर संवैद्यानिक इजलाश गठन गरेका छन् । नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध दायर भएका ६ रिट सुनुवाई गर्ने राणासहितका ५ बरिष्ठ न्यायधीशसम्मिलित संवैद्यानिक इजलाश गठन भएको छ ।

Advertisement 1

इजलाशमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो । सोका विरुद्ध अधिवक्ताहरु बोर्णबहादुर कार्कीसहित विष्णुकुमारी गिरी,रामबहादुर शाही,कुलबहादुर बोगटी,बीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका तर्फबाट सो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलसमेतको ६ वटा रिट दायर भएको थियो । सो रिटउपर सुनुवाई गर्न प्रधानन्यायधीश चोलेन्द्रसमशेर राणाले आज संवैधानिक इजलाश गर्नुभएको छ ।

प्रकाशित :२०७८ जेष्ठ २१, शुक्रबार १२:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry