मैवाखोला गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट

ताप्लेजुङ। जिल्लाको मैवाखोला गाउँपालिका–६ हाफाबुङमा आगलागी हुँदा १ घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आज बिहान भएको आगलागीबाट स्थानीय रामकुमार लिम्बुको तीन तले कच्ची घर जलेर नष्ट भएको हो।

Advertisement 1

आगलागीबाट करिब रु १६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरको माथिल्लो कोठामा ६ वर्षीया आइसा लिम्बूले लाइटर खेलाउने क्रममा अचानक आगो सल्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

मैवाखोला–६ का वडाध्यक्ष राजमान लिम्बूले आगलागीको खबर गरेपछि अस्थायी प्रहरी चौकी फाकुम्बाबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रकाशित :२०८३ बैशाख ३१, बिहीबार १६:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry