परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं। नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।

Advertisement 1

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री एच।इ। धनञ्जय रामफल र सिङ्गापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एच।इ। जुल्कर्नाइन अब्दुल रहीमसँग शनिबार भेटवार्ता गरेका हुन्।

भेटवार्तामा परराष्ट्रमन्त्री खनालले दुवै देशका मन्त्रीसँग आपसी सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहकार्य तथा द्विपक्षीय हित र साझा चासोका विविध विषयमा छलफल गरेका थिए।
–––

प्रकाशित :२०८२ चैत्र २९, आईतवार ११:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry