सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ। सुन प्रतितोला रु ६ हजार र चाँदी रु ३२० ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख २ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार २२० कायम भएको छ।

गत सोमबार १ तोला सुन रु २ लाख ९६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ९०० मा कारोबार भएको थियो। गत आइतबार रु २ लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ९७५ कायम भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
–––

 

प्रकाशित :२०८३ बैशाख २, बुधबार १२:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry