चितवनको मकैमा अमेरिकन फौजी कीराको संक्रमण

चितवन। जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ। जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार–पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन्।

Advertisement 1

कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएका मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ। ‘यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी कीराको सङ्क्रमण नरोकिएको हो,’ उनले भनिन्।

मकैको साना तथा ठूला बिरुवामा यो समस्या देखिने गरेको उनले बताइन्। जिल्लामा बाह्रै महिना मकै लगाउने गरिन्छ। ‘यहाँ कतै मकै पाकेको छ भने कतै लगाउँदै गरेका छन्। यामअनुसारको मकै र बेमौसमी मकैखेती हुने हुँदा यसको कीराको आक्रमण बढेको हो,’ चौहानले भनिन्, ‘जमिन खाली नहुँदा पनि समस्या बढ्दै गएको हो।’

Advertisement 2

धानमा पनि फौजी कीरा देखिने भएकाले हरेक याममा मकैखेतीमा यसले आक्रमण गर्ने गरेको उनले बताइन्।

अमेरिकन फौजी कीरा पुतली वर्गको रात्रिचर कीरा हो। यसको लार्भाले बालीमा कोतरेर खान्छ र नोक्सान गर्दछ। मकैबाली मन पराउने यस कीराले मकै नपाए धान, गहुँ, कोदोलगायत बालीमा क्षति पु¥याउने बागबानी विकास अधिकृत चौहानको भनाइ छ।

प्रकाशित :२०८२ जेष्ठ ११, आईतवार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम