रसुवामा तयार भयो रंगशाला
प्रदेश तथा स्थानीय सरकारको संयुक्त एक करोड रुपैंयाँको लगानीमा धुञ्चेमा आकर्षक रसुवा रंगशाला निर्माण भएको छ ।
Advertisement 1
फुटबल मैदान लगायतका संरचना तयार गर्न वाग्मती प्रदेश सरकारले रू ६५ लाख अनुदान र गोसाइँकुण्ड गाउँपालिकाले रू ३५ लाख खर्च गरेका थिए । यही वैशाख १ गते वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले उक्त रंगशालाको विधिवत् शुभारम्भ गरेका थिए । नयाँ खेल मैदानबाट युवा विद्यार्थीले फुटबल खेललाई निरन्तरता दिन थालेको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ । खेलमैदानको आकार ६२ फिट लम्वाई र ४२ फिट चौढाई भएको मैदान एवं दक्षिण तर्फको भागमा पाँच सय भन्दा बढी क्षमताको दर्शक बस्ने स्थल समेत निर्माण गरिएको गोसाइँकुण्ड – ६ का वडाध्यक्ष दावासिदार तामाङले जानकारी दिए ।
कम्पाउण्डभित्र सानो तिनो मैदान तयार गरी विद्यालयले आफ्ना छात्र÷छात्रालाई खेलमा जागरण गराई रहेपनि भिरालो जमिनका कारण बल अनियन्त्रित हुने समस्या बढ्दो रहेको शिक्षकले बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भटृले खेलकुदमा विद्यार्थीको अभिरूचि बढ्दै गएको बताए ।
Advertisement 2
उनले भलिबल, फुटबल, दौड, हाइजम जस्ता बिबिध खेलकुदको विकास र विस्तार गर्न व्यवस्थित मैदानका लागि आफुले सबै गाउँपालिकासँग समन्वयकारी भूमिका निर्वाह गरि रहेको जानकारी दिए ।