यातायातको बिचौलिया प्रहरीको फन्दामा

यातायात व्यवस्था कार्यालय जनकपुरबाट एकजना बिचौलिया धनुषा प्रहरीको फन्दामा परेका छन् । यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरूसँग काम छिटो छरितो गराइदिन्छु भनी आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो ।

Advertisement 1

प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १४ का २६ वर्षीय सुवास कुमार राउतलाई बिहीबार २ बजे पक्राउ गरेका हुन्। शुक्रवार यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राउतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

प्रकाशित :२०८० असार १, शुक्रबार ०८:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry