मनकारी प्रशासक :- बैबाहिक बर्षगाँठको खर्च कटाएर राष्ट्रिय आबिष्कार केन्द्रलाई सहयोग

महावीर पुनद्धारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग रकम जुट्ने क्रम जारी छ ।
पूर्व सचिव भीम उपाध्यायले सहयोग रकम जुटाउन अभियानै चलाएका छन् । सो अभियानमा अधिकांश प्रशासक,पूर्व प्रशासक,सरकारी कर्मचारीदेखि मनकारीहरु देश- विदेशबाट कतै न कतैबाट जोडिरहेका छन् ।
यसैबीच सो अभियानमा नेपाल सरकारका सचिव सुरेश आचार्यले आफ्नो बैबाहिक बर्षगाँठको खर्च कटाएर राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । आचार्यले महावीर पुनको पहलमा सञ्चालन भइरहेको केन्द्रलाई ५६ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् । आचार्यले आफ्नो विवाहको २५ औं वार्षिकोत्सवको अवसरमा हुने फजुल खर्चलाई कटाएर सो केन्द्रलाई २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
यस्तै यो पूण्यकर्ममा सचिव आचार्यकी आमा प्रमिला आचार्यका तर्फबाट समेत ३१ हजार १ रुपैयाँ समेत थप गरी कुल ५६ हजार १ रुपैंया सहयोग प्राप्त भएको पूर्व सचिव तथा अभियन्ता भीम उपाध्यायले जानकारी दिएका छन् ।

Advertisement 1

May be an image of 3 people and text
आचार्यकी आमा प्रमिलाले उनको पति यदुनन्दनको निधनको ७ औं महिनाको पुण्यतिथिमा ३१ हजार १ रुपैंया सो केन्द्रलाई सहयोग गरेकी हुन् ।

प्रकाशित :२०७८ जेष्ठ १६, आईतवार १८:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry