स्वास्थ्य बिभाग र अन्तरगत निकायमा सयौंको संख्यामा बिना दरबन्दीका कर्मचारी, स्वास्थ्य र अर्थ मन्त्रालय मौन

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा बिभाग र अन्तर्गतका निकायहरूमा सयौंको संख्यामा बर्षौदेखि नियम विपरित कर्मचारी भर्ना गरी करोडौंको सरकारी कोषको हिनामिना गर्दै आएको भेटिएको छ।

Advertisement 1

विगतका सत्ताधारी दलका मन्त्रि, सचिव र महानिर्देशकहरूको दवावमा त्यसरी कर्मचारी भर्ना गरी हिनामिनाको श्रृंखला जारी राखेको पाइएको छ।

यस्तो कृत्यलाई नियमित गर्न जेन्जी सरकारकी स्वास्थ्य मन्त्री पुर्व सचिव सुधा शर्मालाई जागिर नखाने इमोशन देखाएर अस्थायी दरबन्दी स्वीकृतिको प्रयास भएपनि उनले नगरी बिदा भएपछि टेकु परिसरमा हल्लीखल्ली मच्चीन थालेको छ।

Advertisement 2

यस बिषयमा चासो राखी बजेट व्यवस्थाबारे अर्थ मन्त्रालयसँग बुझ्दा नियमित कर्मचारी भनि दावी गरी बजेट सिफारिस भइआएकाले मानविय हिसावले बजेट कटौति नगरेको स्रोतले जानकारी गराएकोले यसमा अर्थ र स्वास्थ्य मन्त्रालय पनि मुकदर्शक बनेको बुझ्न सकिन्छ। यसबाट करिव २५/३० करोड हिनामिना भएको आशंका गरिएको छ। यो हिसाव टेकु आसपासका निकायहरूको रहेको जसमा स्वास्थ्य बिभागको मात्रै २० प्रतिशत रहेको अनुमान गरिएको छ।

प्रकाशित :२०८२ चैत्र २२, आईतवार ०९:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry