सार्वाजनिक प्रशासनः नागरिकको अपेक्षा
विषय प्रवेशः
ल्याटिन भाषाको Administare शब्द बाट Administration शब्दको विकास भएको हो । जसको अर्थ जनताको सेवा, हेरचाह र सार्वजनिक मामिलाको व्यवस्थापन गर्नु हो । प्रशासनको शाब्दिक अर्थ “उत्कृष्ट तवरले शासन गर्नु” भन्ने बुझाउँदछ । जसले शासन गर्ने, निर्देशन दिने, आदेश दिने, मार्गनिर्देशन गर्ने, नीति तथा कार्यक्रम सञ्चालन गर्ने एवम व्यवस्थापकीय कार्य गर्ने बुझाउछ । प्रसिद्ध रोमर दार्शनिक सिसेरोले सार्वजनिक प्रशासन लाई To serve, to help, to direct, to govern भन्ने धारणा प्रस्तुत गरेको पाइन्छ, यध्यपी सार्वजनिक प्रशासनका पिता एवम आधुनिक सार्वजनिक प्रशासनका जनक भनि विड्रो विल्सन लाई चिनिन्छ । Wilson ले सन ज्ञडडठमा त्जभ क्तगमथ या The Study of public Administration को प्रकाशन भए पश्चात सार्वाजनिक प्रशासनले छुट्टै विद्याको रुपमा अध्यान गरि सार्वजनिक प्रशासन लाईMost obvious parts of government भनेर टिप्पणी गरे । विड्रो विल्सनका अनुसार सार्वाजनिक प्रशासन लाई “Public Administration is systematic application of law. Every particular application of law is an act of Administration” भनि परिभाषा गरे । नेपालको सन्धर्वमा नेपाली वृहत शब्दकोश अनुसार प्रशासन भन्नाले कुनै कार्यालयका विभिन्न समस्याहरुको प्रबन्ध वा व्यवस्थापन र राज्य, प्रदेश, जिल्ला, पालिका आदिको सामाजिक सास्कृतिक आर्थिक राजनैतिक आदि समस्याको नियन्त्रण वा समाधान गर्ने कार्य भनि व्याख्या गरेको छ ।
सार्वाजनिक प्रशासनको परिचायः
राष्ट्र र जनताको बृहत्तर हित, सुख, समृद्धि एवम समुन्नतिमा केन्द्रित राज्यको विशेष, वहुआयामिक एवम अनिवार्य कृयाकलापको सञ्चालन नियमन निर्देशन गर्ने संयन्त्र नै सार्वाजनिक प्रशासन हो ।
0 यो राज्यलाई नीति निर्माण गर्न सहयोग गर्ने र पारित भएका नीति योजाना कार्यक्रमहरुको कार्यान्वयन गर्ने अङ्ग हो ।
0 राष्ट्र र नागरिकको सम्बन्ध सेतुको भुमिका निर्वाह गर्ने निकाय हो ।
0 राष्ट्रको आर्थिक, सामाजिक, सास्कृतिक, कुटनैतिक सकारात्मक परिवर्तनको वाहक हो ।
0 समाज विकास, सकारात्मक परिवार्तन गर्ने अवयव हो ।
0 यो राज्यको अनिवार्य एवम अपरिहार्य संयन्त्र हो ।
सार्वाजनिक प्रशासनको उद्देश्यः
मुलुकमा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्नु, नागरिकको जिउधन सम्पति तथा मुलुकको सार्वाभैमसत्ताको संरक्षण गर्नु लगायतका सार्वाजनिक प्रशासनको उद्देश्यहरु निन्न अनुसार प्रस्तुत गरिएको छः
0 राष्ट्रिय नीति, योजना, कार्यक्रम निर्माण गर्न सरकार लाई सहयोग गर्नु,
0 पारित भएका नीति, योजना तथा कार्यक्रमको सफलीभूत कार्यान्वयन गर्नु,
0 सामाजिक सास्कृतिक, आर्थिक लगायतका सर्वाङ्गीण पक्षको विकास गर्नु,
0 गुणस्तरिय सार्वाजनिक सेवा प्रवाह गर्नु,
0 अन्तराष्ट्रिय सम्बन्ध कायम गर्नु,
0 सार्वजनिक मामिलाको उचित तवरले व्यवस्थापन गर्नु,
0 आधारभुत, आकस्मिक, विकासात्मक कार्य सम्पन्न गर्नु,
0सुशासन कायम गर्नुरगराउनु,
नेपालको सार्वाजिक प्रशासनप्रति नागरिकको अपेक्षाः
१. नेपालको प्रशासनिक संरचाना संध, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ । हरेक तहका संरचनालाई विभिन्न शक्ति र अधिकारहरू वाडफाड गरिएको छ । नागरिकले सार्वाजनिक सेवा प्राप्त गर्ने क्रममा कुन सेवा कहाँबाट प्राप्त गर्ने हो, सेवा प्राप्त गर्ने प्रकृया के छ, जस्ता अन्य सेवा सम्बन्धी समस्याहरू सार्वाजनिक सेवाप्रदान गर्ने कर्मचारीलाई प्रश्न जिकिर गर्दा उत्कृष्ट वचन, ब्यबहार, प्रतिक्रिया, आत्मीयता तथा स्प्रष्ट बुझाईको अपेक्षा राख्दछन ।
२. आजको नागरिक विकासको कर्ता पनि हो र भोक्ता पनि हो । नागरिकको सार्वाजनिक प्रशासन संचालनमा सहयोग पनि आवश्यक छ र उत्कृष्ट सेवा प्राप्त गर्नु उनिहरूको अधिकार पनि हो । नागरिकले राज्यप्रति ईमान्दार रहि प्रचलित कानून बमोजिम कर तिर्ने गर्दछन र त्यसको वापत गुणस्तरीय सार्वाजनिक सेवा प्राप्त गर्ने अपेक्षा राख्दछन ।
३. नेपालको संविधान धारा छज्ञ ९ख० द्ध मा भ्रष्टाचार मुक्त प्रशासन, भ्रष्टाचार निवारण ऐन,द्दण्छढ सुशासन ९ब्यवस्थापनज तथा संचालन० ऐन, द्दण्टद्ध लगायतका कानूनि तथा नीतिगत व्यवस्थाले भ्रष्टाचार अवाञ्छित कार्य भनि उद्धोष गरेको छ । नागरिकले सार्वाजनिक सेवा प्राप्त गर्ने क्रममा शुन्य भ्रष्टाचारको मान्यतामा राजश्व बाहेक कुनै शुल्क भुत्तानी नगरि सेवा प्राप्त गर्ने अपेक्षा राख्दछन ।
४. नागरिकले कुनैपनि सार्वाजनिक निकायमा सार्वाजनिक सेवा प्राप्त गर्न जादा शिग्र एवमं नागरिक बडापत्रमा उल्लेख भएको समय भित्र सेवा प्राप्त गर्ने अपेक्षा राख्दछन ।
छ। सार्वाजनिक सेवा प्राप्त गर्ने कुनै जेष्ठनागरिक, बालबालिका, अशक्त, गर्भवती महिला, अपाङ्ग भएका नागरिकले आफ्नो शारिरिक अश्कतताका कारण अन्य नागरिकको तुलनामा शिग्र र विना भेदभाव सेवा प्राप्त गर्ने अपेक्षा राख्दछन ।
नागरिकको अपेक्षा बमोजिम सार्वाजनिक निकायले गरेका कार्याक्रमागत व्यवस्थाहरूः
१. नागरिक बडापत्र अनिवार्यताका साथ लागु गरिएको छ ।
२. Digital audio video citizen charter को अभ्यासको सुरुवात भएको छ ।
३. भैगोलिक बिबिधताको सम्मान गर्दै कुनै क्षत्रगत रुपमा बहुसंख्यक नागरिककले बोलिने भाषा लाई आधार मानि नागरिकको बुझाईकालागि audio citizen charter को थालनि गरिएको छ ।
४. अपाङ्गमैत्री कार्यालयको संरचनाको निर्माण गरिएको छ ।
५ तोकिएको समयमा सेवा प्रदान गर्न नसकेमा क्षतिपूर्तिको व्यवस्थाको सफलिभूत कार्यान्यन गरिएको छ ।
६ सार्वाजनिक निकायमा हुनसक्ने अवाञ्छनीय कार्य रोकथाम गर्न CCTV को व्यवस्था गरिएको छ ।
७ Help desk , सोधपुछ कक्ष जस्ता शाखाको निर्माण गरिएको छ ।
८ अभिमुखि कार्यक्रमहरू सञ्चालन गरिएको छ।
९ Online service को थालनि गरिएको छ ।
१० सार्वाजनिक सुनुवाई एवम जनगुनासोको उचित तवरले व्यवस्थापन गरिएको छ ।
११ धुम्ति सेवा, शिविर जस्ता कार्यक्रम सञ्चालनमा आएका छन।
१२ First come, First take service को मान्यता अगि सारिएको छ ।
अन्यमा सार्वाजनिक प्रशानसप्रति नागरिकको अपेक्षा बृहत हुने गर्दछ । अन्तराष्ट्रिय मान्यता, नेपालको कानून, प्रशासनिक मान्यताका आधारमा सार्वजनिक निकायले नागरिकको सकारात्मक अपेक्षा लाई सम्बोधन गरी गुणस्तरीय सेवा प्रदान गर्दै सार्वाजनिक प्रशासको ख्याति बडोन्नति गर्नु आजको आवश्यकता हो ।
(तिवारी जिल्ला प्रशासन कार्यालय लमजुङका नायब सुब्बा हुनुहुन्छ ।)
प्रकाशित :२०८० आश्विन ३०, मंगलवार १६:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%