‘इनरुवाको नालीबेली’ विमोचित

सुनसरी। इनरुवाको इतिहास समेटिएको ‘इनरुवाको नालीबेली’ पुस्तक विमोचन गरिएको छ।

Advertisement 1

इनरुवा–२ स्थित सत्यनारायण मन्दिरमा यहाँ आयोजित एक कार्यक्रममा नगरप्रमुख केदार भण्डारीसहितको सहभागितामा पुस्तकको विमोचन गरिएकोे पुस्तकका सहयोगी लेखक प्रज्वल काफ्लेले जानकारी दिए। लेखक देवीप्रसाद खतिवडाद्वारा लिखित उक्त पुस्तकमा इनरुवाको राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, शिक्षा तथा स्वास्थ्यलगायत विभिन्न क्षेत्रको इतिहास समेटिएको छ।

इनरुवाका ९२ वर्षीय लेखक खतिवडाले लामो समयको अध्ययन र अनुसन्धानपछि पुस्तक तयार परिएको बताउनुभयो। उहाँले जेनजी युवा प्रज्वल काफ्लेले पुस्तक लेखन तथा सामग्री सङ्कलनको कार्यमा सहयोग पु¥याएको भन्दै धन्यवाद ज्ञापन गरे।

Advertisement 2

इनरुवाको इतिहास, विकासक्रम तथा विभिन्न सामाजिक गतिविधिका साथै यहाँको झोडा फडानीदेखि हालसम्मको अवस्था पुस्तकमा समावेश गरिएको लेखक खतिवडाले बताए।

इनरुवा नगरपालिकाको सहयोगमा पुस्तक प्रकाशन गरिएको हो।
–––

प्रकाशित :२०८२ चैत्र २०, शुक्रबार १६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry