६ ठेकेदारले माननीयको लोगो लगाउने

यस पटकको संसदमा ६ जना ठेकेदार प्रत्यक्षबाट चुनिएका छन् । गत मंसिर चारमा सम्पन्न संघीय निर्वाचनमा ५ जना ठेकेदार चुनिएका हुन । जसमा विक्रम पाण्डे,मोहन आचार्य,धनबहादुर बुढा,पूर्णबहादुर तामाङ,विष्णुकुमार कार्कीर दीपक गिरी रहेका छन् ।
जसमध्ये काँग्रेसबाट चार,नेकपा एकीकृत समाजवादीबाट एक जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना रहेका छन् । चुनाव जितेका ठेकेदारहरुमा काँग्रेसबाट मोहन आचार्य, पूर्णबहादुर तामाङ (कान्छाराम), विष्णुकुमार कार्की र दीपक गिरी रहेका छन् भने राप्रपाबाट विक्रम पाण्डे र एकीकृत समाजवादीबाट धनबहादुर बुढा रहेका छन् ।
कालिका कन्स्ट्रक्सनका मालिक विक्रमले चितवनबाट,हिमाली निर्माण सेवाका सञ्चालक रहेका धनबहादुर बुढाले डोल्पाबाट चुनाव जित्दा क्रसर व्यवसायी विष्णुकुमार कार्की नवलपरासी बर्दघाट (सुस्ता पूर्व), कान्छाराम कन्स्ट्रक्सनका मालिक,पूर्णबहादुर तामाङले रामेछाप,रसुवा कन्स्ट्रक्सनका साहु मोहन आचार्य रसुवाबाट र ओम नमः शिवाय र स्वर्गद्वारी क्रसरका मालिक दीपक गिरी दाङ ३ बाट निर्वाचित भएका हुन।

Advertisement 1

 

प्रकाशित :२०७९ मंसिर १३, मंगलवार १४:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry