सिँचाइ विभागका सिडिई शर्मालाई ६ महिना कैद

जलस्रोत तथा सिँचाइ विभाग, ललितपुरका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सुरेशकुमार शर्मालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । आइतबार विशेषले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा फैसला सुनाउँदै ६ महिना सजाय सुनाएको हो ।
Advertisement 1
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ असोज ०७७ मा दायर गरेको मुद्दामा शर्माकी श्रीमती बबिता फुँयालको नाममा रहेको जग्गा जफत गर्ने आदेशसमेत भएको विशेषले जनाएको छ ।
निजामती सेवामा प्रवेश गरेदेखि हालसम्मको अवधिमा शर्माले ५ करोड ४१ लाख ८६ हजार ६०६ आर्जन गरेकोमा ३ करोड ६ लाख ५४ हजार ९३२ रुपैयाँको स्रोत नखुलेले सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
Advertisement 2
अनुसन्धानका क्रममा सीडीई शर्माको सम्पत्ति श्रीमतीको नाममा पनि रहेको पाइएकोले जफतका लागि उनलाई पनि प्रतिवादी बनाएको अख्तियारले जनाएको छ । २०५२ सालदेखि ०५३ सम्म अस्थायी र ०५३ देखि हालसम्म स्थायीरुपमा निजामती सेवामा प्रवेश गरेका शर्मा हाल सिँचाइ विभागको सीडीईका रुपमा कार्यरत छन् ।