उपसचिव पदमा ८ जनाको बढुवा सिफारिस

काठमाडौं। बढुवा समितिको सचिवालयले ८ जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस २५ गते शुक्रबार एक सूचना जारी गर्दै रिक्त रहेको उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।

बढुवा समितिको बिहीबारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदका लागि रामशरण आचार्य, सुमन गिरी, प्रवेश रेग्मी र सम्पत न्यौपाने रहेको छन् ।

Advertisement 2

यस्तै, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाईवे उपसमूहतर्फ नरेश प्रसाद केशरी र किरण सुवेदी रहेका छन् ।

यसैगरी नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूहतर्फ अंकितमान श्रेष्ठ र ज्योती तामाङलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।

Advertisement 3

प्रकाशित :२०८२ पुष २५, शुक्रबार ११:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम