आफ्नै नेतृत्वको सरकारले संघीय निजामती सेवा ऐन ल्याउने प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा संघीय निजामती सेवा ऐन आउने दावी गर्नुभएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटन शर्तमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आउँदो अधिवेशनमा सबैभन्दा पहिला संघीय निजामती सेवा ऐन टेबल हुने बताउनुभएको छ ।
संघीय निजामती सेवा ऐन क्याविनेटबाट पास भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त ऐन आउँदो संसद अधिवेशनमा टेबल हुने बताउनुभएको हो ।
संघीय निजामती सेवा ऐन,प्रहरी समायोजन ऐन लगायतका जे जति ऐनहरु रोकिएर रहेका छन् ती सबै ऐन आफ्नै कार्यकालमा आउने प्रचण्डले उद्घोष गर्नुभएको छ । आफ्नो कार्यकालमा यी ऐनहरु कहिल्यै नआउने समेत प्रचण्डले बताउनुभएको छ ।प्रधानमन्त्री प्रचण्डले आफ्नै नेतृत्वको सरकारले संघीय निजामती सेवा ऐन,संघीय प्रहरी लगायतका ऐनहरु ल्याउन नसके अरुले यी ऐनहरु ल्याउन सक्नेमा शंका व्यक्त गरे ।

Advertisement 1

प्रचण्डले आफू अहिले दैनिक बिहान १० बजे नै सिंहदरबार पुग्ने र सबै मन्त्रालयको बिप्रिङ लिने , कर्मचारीहरुलाई सो अनुसार टार्गेट दिने र काम गर्न नसके हेरफेर गर्ने उद्घोष गरे ।

प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको र यो एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएको बताउनुभयो । भन्नुभयो,जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो, निर्वाचनबाट आएको त्रिअंकुश संसदले राजनीतिक स्थायित्व दिने÷नदिनेमा निकै ठूलो संशय थियो । तर, यी समस्या सम्बोधन हुँदै गएका छन् ।

Advertisement 2

०६३ पछि अर्घाखाँचीमा पहिलो पटक बहालवाल सरकार प्रमुख प्रधानमन्त्री प्रचण्ड अर्घाखाँची पुग्नु भएको हो । नेपाल पत्रकार महासंघले अर्घाखाँचीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको प्रचार, प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको हो । मंसिर १३ गतेबाट शुरु भएको कार्यक्रमको निर्देशक समितिमा जिल्ला समन्वय समितिका अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले नेतृत्व गर्नु भएको छ ।

ऐतिहासिक रुपमा पृथ्वी नारायण शाहको पालनपोषण गर्ने आमा चन्द्रावतीको माईती र राणाशासनको पहिलो प्रधानमन्त्री जंगबहादुर जन्मिएको र न्वारन भएको जिल्ला अर्घाखाँची आधुनिक राजनीतिमा सधै चर्चामा रहने गर्दछ । देशकै शीर्ष राजनीतिक व्यक्तित्व मानिनेहरु काशिनाथ गौतम, सुवर्ण समशेरले चुनाव जितेको जिल्ला पनि हो । धेरै जसो सरकारको मन्त्री मण्डलमा प्रतिनिधित्व गर्ने अर्घाखाँची जिल्लाले अहिले पनि सस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री शुसिला श्रीपालीले पाएको छ ।

प्रकाशित :२०८० माघ १, सोमबार १४:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry