सशस्त्रद्वारा जगदिशपुर तालबाट उद्धारको पूर्वाभ्यास

गाउँमा बाढी पसेपछि कपिलबस्तु नगरपालिका ९ स्थित गाउँका सर्वसाधारण एकाएक डुबानमा फसे । उनीहरुले हारगुहार गर्दै विपद् व्यवस्थापन समितिलाई खबर गरे ।
Advertisement 1
तत्कालै प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएपश्चात् नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खोज तथा उद्धार टोली मोटरबोटमा आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा पुगेर बाढीमा फसेकालाई उद्धार गर्ने, उद्धार गरिएका व्यक्तिलाई सुरक्षितस्थलमा पुर्याउने र घाइतेलाई अस्पताल पुर्याउने कार्यमा खटिएको छ । उद्धार टोलीले प्राथमिकताको आधारमा मानिस, पशुपन्छी र महत्वपूर्ण वस्तु उद्धार गरी सुरक्षित स्थामा पुर्याएका छन् । उद्धार गरिएका व्यक्तिलाई रेडक्रसका स्वयंसेवकले प्राथमिक उपचार गरेपछि थप उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ ।
Advertisement 2
यो घटना वास्तविक नभई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि गरिएको नाटकीय अभ्यास हो । सम्भावित विपद् जोखिम नियन्त्रणका लागि पूर्वतयारीस्वरुप नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा पूर्वअभ्यास गरेको हो ।सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण कपिलबस्तुले शुक्रबार कपिलवस्तु नगरपालिका ९ स्थित जगदिशपुर तालमा अभ्यास गरेको हो । बाढी र डुबानबाट हुने समस्याबाट मानवीय क्षति सकेसम्म हुन नदिन सशस्त्र प्रहरी दिनरात अभ्यस्त रहेको २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीले बताए । आफू बच्दै वाढीमा डुबेका मानिस बचाउन सक्ने कुशलता सुरक्षाकर्मीको दायित्व नै भएको उनको भनाइ छ ।
Advertisement 3