निजामती कर्मचारी संगठन सिन्धुलीमा नयाँ कार्यसमिति

काठमाडौं। नेपाल निजामती कर्मचारी संगठनको सिन्धुली जिल्ला अध्यक्षमा डिल्ली घिमिरे निर्वाचित भएकाछन्। गएराति सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत् निर्वाचित भएका हुन्।

Advertisement 1

घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य एवं सिन्धुलीका इन्चार्ज पुरुषोत्तम दाहालले जानकारी दिए।

उनका अनुसार उपाध्यक्ष (खुला) मा वेदराज काफ्ले, उपाध्यक्ष (महिला) मा कोपिला अस्तानी मगर, सचिवमा सरोज फुँयाल, सहसचिवमा जितबहादुर खत्री र कोषाध्यक्षमा चन्द्रबहादुर मगर निर्वाचित भएका छन्।

Advertisement 2

सदस्यहरुमा राजेश फुँयाल, ज्ञानबहादुर मगर, हरिकुमार श्रेष्ठ, भुवन ठाडा मगर, अनिता मगर, सुमित्रा चौहान, भीम श्रेष्ठ, राजु शाह, इन्द्र दुलाल, क्षितिज अधिकारी, मीनप्रसाद प्याकुरेल र भीमबहादुर थापा निर्वाचित भएका छन्। एक जना महिला सदस्य पछि मनोनित गरिने छ।

प्रकाशित :२०८१ माघ १३, आईतवार १४:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry