मन्द मुस्कानको खाँचो !

भयो कि बेला अब
घरघरबाट निस्कने!
बाहिरका लाकूरि पिपलका
बोटलाई कुटने वा पिसने!
Advertisement 1
मच्चिने हुऋने
बेगै बेगले कुदने!
जहाँ खाली छ त्यो!
त्यहीँ हान्निएर पुगने!
यता उस्लाई लपेट्ने!
उता त्यसलाई लपेट्ने
सके मूठिले पिट्ने
नसके ढुङ्गामूढाले लखट्ने!
Advertisement 2
यता सुम्लायो उता सुम्लायो!
भाग्यो त्यो भने मजै भयो!
अनि मनलाग्दि कुम्ल्यायो!
बिगार्ने अति,छ त्यसको मति!
आफू त गयो नै, अरूलाई पनि लाने भयो सति!
हेर्छु वरपर बसेर
देख्छु बोटहरू दपेटिएका!
सुख शान्ति कहाँ छ र यहाँ?
छन् सबै हूरिबाट लखेटिएका!
किन घट्दैन बेग भनि
घोत्लिन्छु म यहाँ कतिकति!
Advertisement 3
घरबाट निस्कि भौतारिंदा त!
झन् देख्छु जताततै खति नै खति!
घटाऊ बेग हूरि तिमी
बदल तिम्रो अब भेष!
सोच्छौ ठन्डा दिमागले जब!
भेटाउछौ हरेकको हकलाग्ने देश!
लपेटिएका बोट ती
हरियापरिया होलान् कहिले?
हूरि बदलिन्छ शितल हावामा
र बोकि हिड्न थाल्छ
मन्द मुस्कान जहिले!
(साहित्यमा सक्रिय इ. वस्ति नेपाल सरकारका सहसचिव हुन् ।)