पूर्व सचिव त्रिताललाई कोरोना संक्रमण

Advertisement 1
नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल कोरोनाबाट संक्रमित भएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोनाबाट संक्रमित भएको जानकारी दिएका हुन् । शारीरिक रुपमा शायद सबैभन्दा कष्टकर अवस्थाको सामना गर्नै परिरहेछ, ‘उनले फेसबुकमा लेखेका छन्, ‘यदि जनताको हितप्रति समर्पित तथा जनउत्तरदायी सरकार हुन्थ्यो भने म जस्ता लाखौँ जनताले अहिलेसम्म भ्याक्सिन लगाइसकेको हुन्थ्यो र अधिकांशले यस कठोर संक्रमणको शिकार हुनुपर्ने थिएन।’
उनले सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको भन्दै आक्रोश समेत पोखेका छन् । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जना कोभिड १९ संक्रमित थपिएका छन् भने ६ हजार ८९१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
Advertisement 2
प्रकाशित :२०७८ जेष्ठ ४, मंगलवार १९:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%