यस्ता छन् सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले दुग्ध विकास संस्थाको महाप्रवन्धकमा सञ्जिव झालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेदुग्ध विकास संस्थाको महाप्रवन्धकमा सञ्जिव झालाई नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका  प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले जापानका लागि नेपालका पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्रदान गरिने ‘द अर्डर अफ जापान, द अर्डर अफ राइजिङ सन गोल्ड एन्ड सिल्भर स्टार’ सम्मान ग्रहण गर्न स्वीकृत दिने, राष्ट्रिय भूमि आयोगको सदस्यमा भैरव रेग्मी र नापी विभाग उपमहानिर्देशक करुणा केसीलाई तोकेको पनि बताए ।

Advertisement 1

त्यस्तै सरकारले चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, चितवनलाई ब्याचलर अफ आर्किटेक्चरमा विद्यार्थी संख्या २४ जना सहितको नयाँ कार्यक्रम अध्ययन, अध्यापन गराउन अस्थायी मान्यता प्रदान गर्ने, तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने, लोकसेवा आयोग तथा न्यायसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकितत द्वितीय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीका पदहरुमा नियुक्त तथा पदस्थापना गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, चितवनलाई ब्याचलर अफ आर्किटेक्चरमा विद्यार्थी संख्या २४ जना सहितको नयाँ कार्यक्रम अध्ययन, अध्यापन गराउन अस्थायी मान्यता प्रदान गर्ने, तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने, लोकसेवा आयोग तथा न्यायसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीका पदहरुमा नियुक्त तथा पदस्थापना गर्ने निर्णय गरेको छ ।

2078-12-15
प्रकाशित :२०७८ चैत्र १५, मंगलवार १६:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry