किन गरे मधेश झर्न शोभाकान्तले आलटाल ?

अञ्जनकुमार हिमाली –
२०८२ वैशाखमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव विनोदप्रकाश सिंहले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा आफ्नो ३८ वर्षे जागीरे यात्रालाई टुङ्ग्याउदै विदा भएपछि रिक्त रहेको सचिव पदमा भीरकोट नपा स्याङ्जाका शोभाकान्त पौडेललाई नियुक्त गरेको थियोे । काङ्ग्रेस निकटस्थ मानिएका पौडेललाई अटेरी र दम्भी भएको उनलाई नजिकबाट चिन्ने कर्मचारी बताउँछन् ।

Advertisement 1

विगत राजनीतिक पहुँच कै भरमा भन्सार विभागको महानिर्देशक, धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष जस्ता जिम्मेवारी पाएका पौडेल राजधानीमै ’तरझ मार्न पल्केका पौडेललाई मधेश प्रदेशका प्रमुख सचिवमा सरुवा भएको हप्ता बितिसक्दा पनि उनी हाजिर भएका छैनन्। यही साउन १ गतेनै महालेखा नियन्त्रणको कार्यालयबाट मधेश प्रदेशको प्रमुख सचिवमा सरुवा भएका उनी हालसम्म मधेश प्रदेशमा हाजिर भएको श्रोतले बताएको छ ।

पावर एक्सर्साइजमा माहिर पौडेल सचिवमा बढुवा लगातारको गण्डकी प्रदेशमा पठाइएका थिए । तर उनी त्यहाँ महिनादिन पनि टिकेनन । बालेन सरकारले कर्मचारीलाई राम्रै फिट्ने घोषण गरेसगै मन्त्रालय छोड्न नचाहने कयौ सचिवहरु अब फन्दामा पर्ने भएका छन् । पौडेल संघका कनिष्ठ सचिवमा परेपनि उनको रबाफले सिनियर सचिबहरु समेत दिग्दारीमा थिए । कामु सचिवले ६ महिना गुजारिसकेको र ६ महिनाभन्दा बढी कामु बस्न नपाइने हुँदा भट्टराईको पनि कर्णाली प्रदेशमा सरुवा भैसकेको छ । शोभाकान्त पौडेल मधेश झरिहाले पनि समय अवधि गुजार्ने पक्षमा नरहेको स्रोतको दावी छ ।

प्रकाशित :२०८३ श्रावण ११, सोमबार १४:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry