साहित्यकार दिल पौडेलको १५ झटारो

१
भारती छाता
रूसी–चिनियाँ क्रान्ति
कुत्तेका खाता !

Advertisement 1

२
गद्दार दास
विरासतका किर्ना
जुम्रा आकास !

३
माओ असल
जनवादी ऐँजेरू
खुद्रा पसल !

Advertisement 2

४
अयोध्यापुरी
होलीवाइन गरिमा
रामसलाम !

५
मेलोमा गोरु
पुष्पलालको खेत
सिङ न पुच्छर !

Advertisement 3

६
जोगमा भेट
गिद्धे एकादशीमा
चङ्गा नै चैट

७
प्रधान शत्रु
गणतन्त्र लगाम
जुम्य्राहा मित्रु !

८
प्लाष्टिक फूल
कथित माननीय
पुरानो तुल !

९
साग–निगुँरा
सैद्धान्तिक आधार
दही–चिउरा !

१०
विश्वास–लात
सांसद रणनीति
पार्टी आघात !

११
सत्रहजार
गठबन्धन विचार
सिद्धान्त अचार !

१२
वकिल कक्ष
उजुरी तजबिजमा
हात्तीको लक्ष्य !

१३
केही टाँडमा
कुकुरलाई घीउ
पार्टी भाँडमा !

१४
कहर–काल
अनुगमन शून्य
ब्ल्याकमा माल !

१५
हिजडा सोच
कम्युनिष्ट दर्शन
अयोध्या खोज !

(पौडेल दुधौली प्रज्ञा प्रतिष्ठान ,सिन्धुलीका अध्यक्ष हुन् ।)

प्रकाशित :२०७८ जेष्ठ १, शनिबार ०७:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम