परराष्ट्र सेवाका यी दुई सहसचिव राजदूतमा सिफारिस
परराष्ट्र मन्त्रालयले ११ देशका लागि राजदुत सिफारिस गरेको छ । सिफारिस भएकाहरुमा दुई सहसचिवसहित अन्य ९ जना रहेका छन् ।
यसरी राजदुत सिफारिस भएका सहसचिवमा निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ छन् । क्रमश काफ्लेलाई अस्ट्रिया र श्रेष्ठलाई इजिष्टको राजदुतमा सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै अन्य राजदुत सिफारिस भएकाहरुमा क्रमश रमेशचन्द्र पौडेल श्रीलंका, कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया,सुम्निमा तुलाधरलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरिएको छ । सिफारिस भएकामध्ये पौडेल विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसका पूर्वप्राध्यापक हुन भने शर्मा त्रिविवि राजनीतिक शास्त्रका पूर्व प्रमुख यस्तै तुलाधर वाम आन्दोलनका नेता पद्मरत्न तुलाधरकी पुत्री हुन् ।
यस्तै अन्य देशका लागि राजदुत सिफारिस भएकाहरुमा नारायणप्रसाद संग्रौला म्यान्मार र युवराज कार्की बहराइन, ब्राजिलका लागि कुलप्रसाद नेपाल र डेनमार्कमा सुमित्रा सुवेदीको नाम प्रस्तावित छ । मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा प्रस्तावित छन् । यस्तै रुसका लागि जंगब चौहान राजदूतमा प्रस्तावित छन् ।
Advertisement 1
सरकारले राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेको थियो ।