नियुक्ति,बढुवादेखि सार्वजनिक बिदासम्म :- यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु :-

पछिल्लो मन्त्रिपरिषद् बैठकले सरुवा,बढुवा,नियुक्ति लगायतका निर्णयहरु गरेको छ । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी पदमा पदोन्नती गरेको छ । हिजो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नती गर्ने निर्णय गरी शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

Advertisement 1

शर्मा अहिले कायममुकायम प्रधान सेनापति छन्। नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष रहेका महेन्द्र विष्टले दिएको राजीनामा स्वीकृत गर्ने, सहसहचिव डिल्लीप्रसाद रेग्मीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।
यस्तै नेपाल रेल्वे कम्पनी लिमिटेडको महानिर्देशकमा निरञ्जन झालाई नियुक्त गरेको छ ।

यस वर्ष गाईजात्रा पर्वको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यही भदौ ७ गते परेको गाईजात्रा अवसरमा देशैभरमा नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो। यसअघि गाईजात्राका अवसरमा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरिएको थियो।
यस्तै, कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ। यो वर्ष कृष्ण जन्माष्टमी भदौ १४ गते परेको छ।

Advertisement 2

तराई मधेश द्रुत मार्गको लागि आवश्यक मकवानपुरको तालभैरव र गौरीशंकर क्षेत्रको वन हटाउन स्वीकृती दिने निर्णय पनि सरकारले गरेको छ।

 

प्रकाशित :२०७८ भाद्र ४, शुक्रबार १०:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry