सिञ्जाद्वारा ३ वर्षमा १७ किमी सडक निर्माण

जुम्ला। जुम्लाको सिञ्जा गाउँपालिकाले १ वर्षको अवधिमा करिब १ सय ९९ योजना सम्पन्न गरेको छ।

Advertisement 1

गाउँपालिकाले गत आर्थिक वर्षमा पालिकाभित्रका ६ वडामा सञ्चालित १ सय ९९ योजना सम्पन्न भई सञ्चालनमा आएको गाउँपालिका प्रवक्ता तीर्थ वडले जानकारी दिए।

सोही अवधिमा पालिकास्तरीय ६५ र वडास्तरीय १३४ योजना सम्पन्न भएका छन्। २० लाख माथिका गाउँपालिकास्तरीय १२, र वडा स्तरीय ३ वटा योजना रहेका थियो। ५ देखि २० लाखसम्मका पालिकास्तरीय १५ र वडास्तरीय २७ योजना र ५ लाखभन्दा कम पालिकास्तरीय ३८ र वडास्तरीय १०५ योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

Advertisement 2

गाउँपालिकाले आव २०८१÷८२ मा रु ३८ करोड ४६ लाख अनुमानित बजेट ल्याएकोमध्ये कूल बजेटको चालुतर्फ र पुँजीगततर्फ गरी ३५ करोड ८९ लाख ४ हजार खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बताए। उक्त आवमा पालिकाको रु २६ लाख ६४ हजार आन्तरिक राजस्व सङ्कलन भएकोे गाउँपालिका प्रमुख शाहीको भनाइ छ।

गाउँपालीकाभित्रका बस्तीमा सडक पहुँच विस्तार गर्ने, कृषि सडक, आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा सहज र नागरिकलाई प्रत्यक्ष स्थानीय सरकारको प्रत्याभूति दिलाउने उद्देश्यले साढे ३ वर्षमा झण्डै १७ किलोमिटर नयाँ सडक विस्तार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए।

प्रकाशित :२०८२ मंसिर ८, सोमबार ११:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry