द्विपक्षीय धारणा नलिई एकतर्फी समाचार सम्प्रेषण: जिसिडी कन्सल्टेन्सी

अष्ट्रेलिया लैजाने भन्दै काजिमान बुढाथोकीलाई नक्कली भिजा देखाएर ठगी गरेको समाचार सार्वजनिक भएपछि दुबईस्थित जिसिडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले विज्ञप्ति निकालेको छ ।

Advertisement 1

दुबईमै रहेका काजिमान बुढाथोकीलाई उक्त कन्सल्टेन्सीले नक्कली भिजा देखाएर ठगी गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रमेश श्रेष्ठले विज्ञप्ति निकाल्दै उक्त समाचारको खण्डन गरेका हुन्। कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रमेश श्रेष्ठले भने कोभिड १९ का कारण गएको डिसेम्बर २०२० देखि नै सब क्लास(९९८ वर्गको भिजावाहकलाई अष्ट्रेलिया सरकारले आगमन अनुमति नदिएकोले बुढाथोकीलाई पठाउन नसकिएको बताएका छन्। कन्सल्टेन्सीद्वारा जारी विज्ञप्तिमा संचारमाध्यमहरुमा दावी गरिए झैँ बुढाथोकीको नाममा जारी भिजा नक्कली नभएको उल्लेख छ। निश्चित समयावधिका लागि मात्रै भिजा अनलाइन प्रणालीमा प्रविष्ट हुने विश्वव्यापी नियम रहेकोले सधैंभरी उक्त भिजा अनलाइनमा नदेखिइने कन्सल्टेन्सीले जनाएको छ।
बुढाथोकीले आफूले उक्त कन्सल्टेन्सीमा गएको जुलाई २०२० मा अष्ट्रेलिया जाने प्रक्रिया सुरु गरेको र अहिलेसम्म पनि आफूलाई अष्ट्रेलिया नलगी नेपाली करिब ६ लाख रुपैयाँ फिर्ता माग्दा नदिएको बताएका छन्।

सञ्चारमाध्यमहरुले द्विपक्षीय धारणा नलिई एकतर्फी समाचार सम्प्रेषण गरेकोप्रति कन्सल्टेन्सीका प्रबन्धनिर्देशक रमेश श्रेष्ठले दुस्ख व्यक्त गरेका छन्।

Advertisement 2

 

 

Advertisement 3

प्रकाशित :२०७८ माघ ८, शनिबार ११:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry