अध्यागमनमा गृहमन्त्री लेखकले गरे अनुगमन

गृहमन्त्री लेखकलाई अध्यागमन विभागमा स्वागत काठमाडौँ, ८ साउनः निरीक्षणका क्रममा अध्यागमन विभाग पुग्नुभएका गृहमन्त्री रमेश लेखकलाई मङ्गलबार स्वागत गर्र्दै विभागका कर्मचारीहरु । तस्बिरः गृहमन्त्रीको सचिवालय÷रासस

काठमाडौं। गृहमन्त्री रमेश लेखकले अध्यागमनसम्बन्धी ऐन, कानुन निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार अध्यागमन विभागको अनुगमन गरेपछि गृहमन्त्री लेखकले एक महिनाभित्र ऐन, नियम, कार्यविधि र नियामाली गृह मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन पनि दिए। उनले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापनाको प्रक्रियाअघि बढाउन पनि निर्देशन दिए।

Advertisement 1

मानव बेचबिखनका गतिविधिमा अध्यागमनका कर्मचारी संलग्न भएका आरोप असत्य साबित हुन् भन्दै उनले यदि कुनै कर्मचारीलाई दोषी पाइएमा कडा कारबाही हुने चेतावनी दिए। अध्यागमन कार्यालयबाट मुलुकको आकृति प्रतिविम्बित हुने भएकाले सम्बद्ध कर्मचारीलाई सबै यात्रीसँग असल व्यवहार गर्न मन्त्री लेखकले निर्देशन दिए। गृहसचिव एकनायारयण अर्यालले पूर्णक्षमतामा अध्यागमन कार्यालय सञ्चालन हुनुपर्नेमा जोड दिए।

सबै सरकारी निकायसँग समन्वय गरेर विभागले काम गर्नुपर्ने सचिव अर्यालले बताए। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका कार्यालयसँग समन्वय र सहकार्य हुनुपर्नेमा उनको जोड थियो। विभागका महानिर्देशक कोशहरि निरौलाले परिवर्तित सन्दर्भमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५अनुसार कार्यसम्पादन चुनौतीपूर्ण भएको बताए।

प्रकाशित :२०८१ श्रावण ८, मंगलवार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry