आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरुले मधेस प्रदेशका विभिन्न जिल्लामा भएको आगलागी, सर्पदंशका समस्यादेखि किसानका उत्पादनमा ध्यान दिनुपर्नेसम्मका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन्।

Advertisement 1

उनीहरूले संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने माग पनि गरेका छन्। बैठकमा सांसद नितिमा कार्की भण्डारीले सर्लाहीमा सर्पको टोकाइको असरबारे चिन्ता व्यक्त गरे भने सांसद अङ्किता ठाकुरले सप्तरीमा भीषण आगलागीबाट छ परिवारको घरमा क्षति भएको बताए। उनले १ महिनाभित्रै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भएकामा सरकारलाई धन्यवाद दिए।

सांसद निष्कल राईले मुलुकको कार्यकारी प्रमुखले सदनका काम कारवाहीलाई प्राथमिकता दिनुपर्ने बताए। सांसद ऐनबहादुर महरले पनि संसदप्रति सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिए। सांसद खुश्बु ओलीले लोकतन्त्र केवल चुनाव जित्ने अभ्यास मात्र नभई निरन्तर संवादको प्रणाली पनि हो भने।

प्रकाशित :२०८३ बैशाख ३१, बिहीबार १२:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry