नेपालद्वारा युएई सामु २ सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २४० रनको लक्ष्य दिएको छ। दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो।
Advertisement 1
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए। उनले ६८ बलमा ७ चौका प्रहार गर्दै ४८ रनको योगदान दिएका हुन्। त्यस्तै कुशल मल्लले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए।
यता युएईका लागि ध्रुव पराशर, मुहम्मद जवादुल्लाह र जुनेद सिद्दिकीले समान २/२ विकेट लिए भने जाहिद अलीले एक विकेट लिए। युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ।
प्रकाशित :२०८२ कार्तिक १९, बुधबार १६:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










