सदस्य-सचिव ढकालद्वारा पदवहाली
खेलकुद मन्त्रालयका सहसचिव विष्णुराज ढकालले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव पदवहाली गरेका छन् ।
Advertisement 1
त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य-सचिव ढकालले पदवहाली गरेका हुन् । १६ कात्तिकको युवा तथा खेलकुदमन्त्रीस्तरीय निर्णयअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ उपदफा (१२)बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य(सचिवको रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो ।
प्रकाशित :२०७८ कार्तिक २३, मंगलवार ०८:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%