नेपालगञ्ज–गुलरिया सडकमा ४ ‘लेन’को पुल निर्माण हुँदै

बाँके। नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा ४ लेनको पक्की पुल निर्माण सुरु भएको छ। ६ दशकअघि पेडारी नाला निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो।
Advertisement 1
नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार रु ८ करोड ९६ लाख ३ हजार ४६८ मा निर्माण कम्पनीसँग ४ लेनको पक्की पुल बनाउने सम्झौता भएको छ। आगामी वैशाख भित्रमा निर्माण पूरा गर्नेगरी सम्झौता भएको हो।
१ तर्फी रूपमा सवारीसाधन सञ्चालन हुनेगरी पुलको १ भाग निर्माण नभएसम्म सवारी व्यवस्थापनका लागि पुरानो पुल नभत्काइने उनले बताए। हुलाकी सडक र खजुरा बजारको सडक विस्तारका क्रममा पनि निर्माण हुन नसकेको पुल ४ लेनको बन्ने भएपछि बर्खामा बाँके र बर्दियाका सर्वसाधारणलाई यात्रा गर्न सहज हुने छ।
प्रकाशित :२०८२ कार्तिक १३, बिहीबार १०:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










