केरुङ जाने ट्रक र कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्र प्राप्त

रसुवागढी नाका हुँदै चीनको केरुङ जाने ट्रक र कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्र प्राप्त भएको छ। ट्रक कन्टेनर ढुवानी सेवा प्रालि र नेपाल ट्रक यातायात महासंघको लामो प्रयत्न र प्रयासपछि यो सम्भव भएको हो ।

Advertisement 1

कार्यविधि कार्यान्वयन नहुँदा ९६६ वटा ट्रक कन्टेनरका चालकहरुले रसुवागढीको टिमुरेसम्म सवारीसाधन पुर्‍याएर चीन प्रवेश अनुमति पत्र भएका रसुवा जिल्लावासी चालक खोजेर केरुङ लग्न १५ हजार रुपैयाँ तिर्नुपर्ने अवस्था थियो। यो निर्णयको कार्यान्वयनसँगै रसुवा र तातोपानी नाकाबाट सामान ढुवानी गर्ने करिब ३ हजार मजदुरहरुले राहत पाउने भएको छ ।

Advertisement 2

गृह मन्त्रालय अध्यागमन शाखाले रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमतिपत्रसम्बन्धी कार्यविधि २०७६ जारी गर्दै चार प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था गरेको थियो । उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमतिपत्र, कामदार प्रवेश अनुमतिपत्र, व्यवसायी प्रवेश अनुमतिपत्र, एकदिने प्रवेश अनुमतिपत्रको व्यवस्था थियो ।

प्रकाशित :२०८० आश्विन २, मंगलवार ११:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry