७ जनाविरुद्ध साढे ३ करोड राजस्व चुहाटवको मुद्दा

काठमाडौं। राजस्व अनुसन्धान विभागले ७ जनाविरुद्ध साढे ३ करोड रुपैयाँ राजस्व चुहावटको आरोपमा मुद्दा दायर गरेको छ।

Advertisement 1

विभागले गणेश दत्त बडु, दिनेश खरेल, अमोल विठ्ठल विभुते, ऋषिकेश प्रकाश विभुते, भरतराज खरेल, आयुष बडु र एक जना बालकविरुद्ध ३ करोड ५० लाख १५ हजार रुपैयाँ विगो दावी गर्दै मुद्दा दायर गरेको हो। उनीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ विपरित कार्य गरेको विभागले जानकारी दिएको छ।

‘सोही ऐनको दफा ४ (छ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले सोही कसुरमा ३ करोड ५० लाख१५ हजार ५४१ रुपैयाँ विगो कायम गरी निज प्रतिवादीहरु र कानूनको विवादमा परेका एक बालक समेतलाई ऐ. ऐनको दफा २३ (१) बमोजिम जरिवाना तथा दफा २३ (१) (ख) बमोजिम कैद सजाय समेतको मागदावी गरिएको छ,’ विभागले भनेको छ। ६ जनाविरुद्ध उच्च अदालत पाटन र बालकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको विभागले बताएको छ।

Advertisement 2

प्रकाशित :२०८१ श्रावण १०, बिहीबार १९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry