विश्‍व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीविरुद्ध अख्तियारमा उजुरी

महासंघको नाममा दर्ता रहेको गोकर्णेश्वर नगरपालिका गोकर्णमा रहेको तीन रोपनी ६ आना जग्गामध्ये करोडौं पर्ने ६ आना जग्गा २३ लाखमा बिक्री गरेको र तीन रोपनी जग्गा हराएको भन्दै अनियमितता गरेको आरोपमा विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीविरुद्ध अख्तियारमा उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

Advertisement 1

विश्व हिन्दु महासंघको संस्थागत सदस्य संस्था श्री रुद्रमति युवा समूहले अख्तियारमा उजुरी दिएको हो । काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको दर्ता नम्बर ४० रहेको विश्व हिन्दु महासंघको विधान विपरीत एक व्यक्ति मात्र निर्वाचित गर्ने र अन्य पदाधिकारी तथा सदस्यहरु मनोनयन गर्दै महासंघको नाममा पदीय दुरुपयोग हुँदै आएको उजुरीमा उल्लेख छ ।

एकल नेतृत्वमा सञ्‍चालन गरिँदै आएको संघको नाममा रहेको तीन रोपनी जग्गा हराएको भनि अनियमितता गरेको उजुरीमा जनाइएको छ । उजुरीमा भनिएको छ, ‘महासंघको नाममा दर्ता रहेको का.जि.गोकर्णेश्वर नगरपालिका गोकर्णमा रहेको ३ रोपनी ६ आना जग्गा मध्ये कराडौं पने ६ आना जग्गा जम्मा २३ लाखमा बिक्री गरेको र बाँकी रहेको ३ रोपनी जग्गा हराएको भनी बताइएको छ । संघ संस्था ऐन अनुसार कुनै पनि वैधानिक संस्थाले आफ्नो चल अचल सम्पत्ति बिक्री वितरण गर्न पाइँदैन । बहुमत पदाधिकारी र सदस्यहरु बिदेशमा रहेको यस महासंघलाई महासचिव अस्मिता भण्डारीले निजी कम्पनी सरह दुहुनो गाइ बनाई रहेकी छिन् ।’

Advertisement 2

 

प्रकाशित :२०७८ असार १४, सोमबार १६:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry