संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर। पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै पिप्ले क्षेत्रमा देवाली थान निर्माण गरेको छ।

Advertisement 1

परम्परागत रुपमा सञ्चालन हुँदै आएका सांस्कृतिक अभ्यासलाई जोगाउने उद्देश्यले गाउँपालिकाको पहलमा देवाली थान निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए।

स्थानीयसँगको ५० प्रतिशत लागत साझेदारीमा देवाली थान निर्माण गरिएको जानकारी दिँदै उनले पालिकाका विभिन्न स्थानमा अवस्थित मठमन्दिर र किरातहरुका सांस्कृतिक एवं धार्मिक क्षेत्रको संरक्षण गरिएको बताए।

Advertisement 2

देवालीस्थल निर्माणबाट परम्परागत रुपमा विभिन्न समयमा मनाइने चाडपर्व, पूजाआजा, उभौलीउधौलीलगायत पर्व तथा अनुष्ठान सञ्चालनमा सहयोग पुगेको स्थानीय कृष्णकुमार पौडेलले बताए।

धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने भएकाले देवालीस्थलजस्ता संरचना निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले बताइन्।

प्रकाशित :२०८३ असार २१, आईतवार ११:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry