७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

काठमाडौं। बनेपा नगरपालिका–९ बाट ७३० राउण्ड गोलीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement 1

पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित :२०८२ भाद्र २९, आईतवार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम