दुई लाख बढिले छाडे काठमाडौं, नागढुङ्गामा जाम

कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले आजबाट काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञाका कारण मुख्य सडकहरु सुनसान बनेको छ। निषेधाज्ञालाई कार्यान्वयन गराउन धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विभिन्न स्थानमा ट्राफिक चेकिङ समेत राखिएको छ।
Advertisement 1
दुई दिनअघि नै निषेधाज्ञा घोषणा भएपछि धेरैले काठमाडौं उपत्यका छाडेका छन् । मंगलबार र बुधबारसम्म कम्तीमा पनि दुई लाखले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उपत्यकामा महाशाखाबाट १४ सय प्रहरी चेकिङका लागि खटाइएको बताइएको छ । अनावश्यक बाहिर निस्किएका दुई सय बढी सवारीसाधनलाई कारबाही गरिएको महाशाखाले जनाएको छ ।
प्रकाशित :२०७८ बैशाख १६, बिहीबार ११:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%