कोरोना संक्रमित एक डाक्टरको डेडिकेट !

भनिन्छ भगवान खोज्न मन्दिर धाउनु पर्दैन सच्चा,निस्वार्थ भावनाले सेवा गर्ने व्यक्ति नै भगवान हो। र भनिन्छ पनि डाक्टर भगवानको दोश्रो रुप हो । अहिले कोरोना कहरको दोश्रो लहरले विश्व आक्रान्त छ र यो लहरबाट नेपाल पनि अछुतो छैन् । पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ नेपालगञ्ज । त्यहाँका अधिकांश चिकित्सकहरु आफैं कोरोना संक्रमित बनेका छन् ।
यस्तो अबस्थामा समेत आफ्नो स्वास्थ्यको प्रवाह नगरी अहोरात्र कोभिड संक्रमितको सेवामा खटिरहेका छन् त्यहाँका स्वास्थ्यकर्मीहरु ।

Advertisement 1

नेपालगञ्जमा आफू कोभिड–१९ पोजिटिभ भए तापनि चिकित्सकहरू ज्यान जोखिममा राखेर संक्रमितहरूको उपचार गरिरहेका छन् ।

Advertisement 2

उदाहरणको लागि नेपाल मेडिकल कलेजका डा.पुरुषोत्तम बर्मा आफैँ संक्रमित भएपछि बाँया हातमा स्लाइन लगाउँदै कुर्सीमा बसेर दायाँ हातले बिरामीको रेकर्ड पल्टाइरहेको देखिन्छ।

अन्य धेरै जना डाक्टर तथा नर्स एवम् स्वास्थ्यकर्मीहरूले पनि त्यसैगरी बिरामीको उपचार गरिरहनुभएको अवस्थालाई तस्बिरमा कैद गरेर बाँकेबाट केही दिन अगाडि सरुवा भएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सामाजिक सन्जालमा पोस्ट गरेका छन् । गत वर्ष नेपालगञ्जमा कोरोना महामारी नियन्त्रण नभएपछि कुरुम्वाङलाई स्याङ्जाबाट त्यता लगिएको थियो ।

Advertisement 3

 

तर यतिबेला उनलाई गृहले त्यहाँबाट बर्दियाको इलाका प्रशासनतिर सरुवा गर्नु र कोरोना महामारीले बाँकेलाई हटस्पट बनाउनु फेरि संयोग बनेको छ । स्थानीयहरूले कुरुम्वाङहरुको माग गरिरहेका छन् । तर कुरुम्वाङ अन्यत्र भए तापनि बाँकेको हरेक गतिविधिसँग अपडेट देखिएका छन् ।

उनी सामाजिक सञ्जालमार्फत् त्यहाँका स्थानीय र स्वास्थ्यकर्मीको हौसला बढाउन लागिपरेका छन् । उनले लेखेका छन् ‘सलाम छ, डा.साब !’

 

प्रकाशित :२०७८ बैशाख २०, सोमबार १५:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry