सेनाको मान्छेको यस्तो छ ठगी धन्दा

लमजुङ। एउटा भनाई छ न रहे बाँस न बजे बाँसुरी। त्यस्तै भएको छ बेसीशहर–८ दुलाल टोलका रामकृष्ण दुलाललाई। आज भन्दा १० वर्ष पहिले जापान पठाइदिन्छु भनी बेसीशहर–९ दिही थोक बस्ने नेपाली सेनाका लेप्टेन टुक बहादुर अधिकारीलाई बुझाएको ३ लाख रुपैया अधिकारीले झ्याम पारिदिएपछि साधारण परिवारका दुलाल कहिले प्रहरी त कहिले प्रशासन गुहार्दै हिडेका छन्।
Advertisement 1
आफ्नो सम्पर्कबाट धेरै मान्छे जापान लगाएतका मुलुक गएको भन्दै टुक बहादुरले रामकृष्ण दुलाललाई आश्वासन दिएपछि ऋण धन गरि दुलालले २ लाख आईएमई मार्फत र १ लाख बेनपा–८ दनाईफाँटमा होटल व्यावसाय गर्ने मोहनलाल श्रेष्ठ मार्फत दिएका थिए। सन् २०१६ मा जापान पठाइदिन्छु भनेर खुद आफैले रकम बुझेका अधिकारीले जापान नपठाइदिएपछि दुलाल बिलखबन्दमा परेका छन्।
कृषक जागरुक सहकारीबाट ऋण निकाली २ लाख आई एम ई गरिदिएका दुलाललाई टुक बहादुरले छोराको बिहे छ मलाई सारै गारो पर्यो १ लाख मोहनलालकोमा छोड्दिनु भाउजु आएर लैजान्छे भन्दै दुलाललाई पैसा हाल्न लगाएका थिए। न जापान पठाए न पैसा फिर्ता दिए, आज यतिका वर्ष हुँदा समेत। पैसा माग्दा उल्टो धम्काउने गरेको पीडित दुलाल बताउछन्। दुलालको मात्रै हैन उनले अरुको पनि पैसा खाइदिएको छिमेकीहरु बताउँछन्।
Advertisement 2
यसै विषयमा टुक बहादुरलाई फोन गरि बुझ्दा आफुले सो रकम नारायण बस्नेतलाई दिएको बताउँछन्। मस्र्याङ्दी गाउँपालिका स्याग्लेका बस्नेत अधिकारीका सहोदर साढु भाइ हुन। बस्नेत लामो समय जापान बस्दै आएका। बस्नेतकै आडमा अधिकारीको ठगी धन्दा। तर बस्नेत भने आफुलाई अधिकारीले पैसा नदिएको बताउँछन्।
मलेसिया दुख पाएर फर्केका दुलाल जापान जान पाइने आशामा सहकारीमा ऋण गरि गरि निकालेको ३ लाख अधिकारीले च्याम पारिदिए पछि बिलौना गर्दै ई.कर्मचारीको सम्पर्कमा आएका हुन्।