म गर्लफ्रेण्डलाई कसरी सन्तुष्ट बनाऊ : मेरो गोप्य अंग सानो छ ठूलो बनाउने उपाय के छ ?

म अविवाहित किशोर हुँ । म २१ वर्षको भएँ । मेरो गोप्य अंग निकै सानो छ, जसले गर्दा मलाई मेरा साथीहरू जिस्क्याउँछन् । यही कारणले मेरी प्रेमिका पनि मसँग खुसी छैनन् । गोप्य अंग के कारणले सानो हुन्छ ? मैले आफ्नो गोप्य अंग ठूलो बनाउन के–कस्तो उपाय अपनाउनुपर्ला ?

Advertisement 1

विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्षको उमेर किशोरावस्था हो । यस अर्थमा तपाईंले किशोरावस्था पार गरिसक्नुभएको छ र युवावस्थामा हुनुहुन्छ ।

गोप्य अंग कत्रो हुनुपर्छ ?
सामान्यतः पूर्ण उठेको अवस्थामा गोप्य अंगको सालाखाला लम्बाई यस्तै १५ सेन्टिमिटर हुन्छ । धेरैजसोको गोप्य अंगको लम्बाइ १३ देखि १६ दशमलव ५ सेन्टिमिटरभित्र परे पनि यस्तै ७ प्रतिशतजति व्यक्तिको गोप्य अंग ११ सेन्टिमिटरको हाराहारीमा हुने एक अध्ययनले देखाएको छ ।

Advertisement 2

केही मानिसको गोप्य अंग साँच्चिकै सानो हुन सक्छ र त्यस्तो स्थितिलाई भनिन्छ । शिशु जन्मदा गोप्य अंग तन्काएर नाप्दा १ दशमलव ( सेन्टिमिटर अर्थात पौने )३–४० इन्चको भए त्यसमा शंका गर्नुपर्ने हुन्छ र कारणको खोजिनीति गर्नुपर्छ ।

यस्तै हजार जना व्यक्तिमध्ये ६ जनामा यस्तो स्थिति हुन सक्ने देखिएको छ । तपाईंले आफ्नो गोप्य अंगको नाप नलेख्नुभएका कारण तपाईंको गोप्य अंग साँच्चिकै सानो छ भन्न सकिने स्थिति भएन ।

Advertisement 3

गोप्य अंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार फरक–फरक हुन सक्छ । कसैको लामो हुन सक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो भने कसैको पातलो अनि आकार पनि फरक–फरक हुन सक्छ ।

एक अध्ययनले गोप्य अंगको सालाखाला लम्बाइ पूर्ण नउठेको बेला ३ दशमलव ८९ इन्च तथा उठेको बेला ६ दशमलव २१ इन्च हुने कुरा उल्लेख गरेको छ ।

त्यस्तै सालाखाला मोटाइ पूर्ण नउठेको बेला ३ सेन्टिमिटर ७५ इन्च र उठेको हुँदा ४ दशमलव ८५ इन्च हुन्छ । अहिले देशअनुसार गोप्य अंगको नापसम्बन्धी गरिएका अध्ययनहरूका नतिजा पनि फरक फरक छ ।

गोप्य अंगको नाप केले निर्धारण गर्छ ?
यो एउटा विशेष अङ्ग हो । यो अङ्ग मानव शरीरको एउटा अङ्ग मात्र नभै यसको सांकेतिक महत्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्ग भएकाले पनि यस्तो भएको हुन सक्छ ।

कतिपय व्यक्तिले यसको आकार वा लम्बाईलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरु षत्व’ सँग जोडिएको मान्छन् । त्यसैले कतिपय व्यक्तिमा आफ्नो गोप्य अंगप्रति निकै चासो र चिन्ता हुन्छ । गोप्य अंगको नाप र आकार किशोरावस्थाका बेला आन्तरिक रस (हर्मोन) हरूका कारणले हुने विकासमा भर पर्छ ।

गोप्य अंगको नाप वा आकार शरीरको नाप वा आकारसँग असम्बद्ध हुन्छ, त्यसैले शरीरको आकार वा मांसपेशीको नापले पनि गोप्य अंगको आकारलाई प्रतिविम्बित गर्दैन । व्यक्ति कम उचाइ र पातलो हुँदैमा गोप्य अंग सानो हुने वा बढी उचाई तथा सुगठित मांसपेशीयुक्त शरीर हुँदैमा ठूलो हुने होइन ।

प्रेमिकालाई कसरी खुसी राख्ने ?

कुनै पनि व्यक्तिले शारीरिक सम्बन्धमा पाउने खुशी उसको शारीरिक पक्षका साथै मानसिक पक्षसंग अन्तरङ्ग सम्बन्ध राख्छ । यस अर्थमा अर्को व्यक्तिले खुशी पाउने–नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सकिँदैन, सहयोग मात्र गर्न सकिने हो ।

अर्को कुरा, तपाईंले महिलाको सबैभन्दा बढी माग हुने पाठेघरको मुखकोपनि माथिल्लो भागको टिसी हो भनेर थाहा पाउनुभकै होला । प्रायःजसो महिलाले यही अङ्गको घर्षणबाटै खुशी प्राप्त गर्छन् । महिला तल र पुरुष माथि भएर सामान्यतः गरिने कार्यले त्यहाँ घर्षण गर्दैन ।

गोप्य अंगको लम्बाइ वा मोटाइ बढाए पनि त्यसले घर्षणमा खासै फाइदा पुग्ने होइन, बरु त्यसका लागि एकातिर तपाईको गोप्य अंगभन्दा औंला नै बढी सहयोगी हुन्छ भने अर्कातिर आसन परिवर्तन प्रभावकारीसिद्ध हुनसक्छ । अर्को कुरा, महिलाको गोप्य अंगको बाहिरीद्वार निरको भाग खास हुन्त त्यही लाग्नु्होला । थप जिज्ञासा अर्को सामाग्रीमा हेर्नुहोला ।

प्रकाशित :२०७८ कार्तिक १७, बुधबार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry