डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव छैनः मुख्यसचिव अर्याल

काठमाडौं। मुख्यसचिव एक नारायण अर्यालले डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव नभएको बताएका छन्। शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै अर्यालले प्रविधिबिना रूपान्तरण सम्भव नभएको बताएका हुन्।
Advertisement 1
‘डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव छैन्। सेवा प्रवाह, सुशासनर सामाजिक आर्थिक विकासमा रूपान्तरण गर्न डिजिटलाइजेसन हुनपर्छ,’ उनले भने।
कार्यक्रममा बोल्दै अर्यालले डिजिटल पूर्वाधारको विकासर सिस्टमहरूबीच अन्तरआवद्धता हुनुपर्ने जोड दिएका छन्।
‘कम्प्युटरमा टाइप गरेर डिजिटलाइजेनस हुँदैन। त्यसका लागि प्रणालीहरूबीच अन्तरआवद्धता हुनुपर्छ,’ उनले भने, ‘अहिले निजी क्षेत्रको आफ्नै सिस्टम छन्। सरकार पनि आफ्नै सिस्टममा काम गरिरहेको छ। यी इन्टिग्रेसन नगरेर विकास हुँदैन्।’
Advertisement 2
सरकारले अबलम्बन गरेका सिस्टहरू पुरानो भइसकेको उनको भनाइ छ। ‘वैदेशिकरोजगार, अध्यागमन, खरिद, फाइनान्सियल म्यानेजमेन्ट,राहदानी, नागरिकताका सिस्टमहरू पूराना भइसकेका छन्। एक हिसाबले ‘डेट एक्सपायर’ भइसकेका छन् तर हामीले चलाइरहेका छौं।’
उनले अगाडि भने, ‘हिजो हामीसँग त्यो क्षमता थिएन। विदेशी कम्पनीको भर परेर जेनतेन बनाएका थियौं। अहिले खोज्दा ती कम्पनी आउँदैनन्। अब त्यो सिस्टमलाई सुधार गर्न तपाईहरू आउनु पर्छ। तपाईहरूलाई आमन्त्रण छ।’
अमेरिकाको, बेलायतको सिस्टम बनाउछु, सुधार गर्छु भनेर के गर्ने? नेपालको सिस्टम सुधार्नु पर्यो नि? भन्दै नेपालका निजी आईटी कम्पनीहरूलाई अर्यालले प्रश्न गरेका थिए। उनी यत्तिमैरोकिएनन। अर्काको बखान गरेर के गर्नु? आफ्नो सिस्टम सुधार नगरेर हुँदैन्? पनि भने।
Advertisement 3
यसका लागि नीति तथा कानुनमा संशोधन गर्नुपर्ने भए सुझाव दिन आग्रह समेत उनले गरेका थिए। डिजिटल इकोसिस्टम विकासका लागि डिजिटल पूर्वाधारको विकास, दक्ष जनशक्तिको उत्पादनर रिटेन्सन, डिजिटल साक्षरता, अन्तरआवद्धता तथा साइबर सुरक्षामा विशेष काम गर्नुपर्ने उनले बताए।