प्रतिशोधका कारण मिल्ने साथीबाटै हत्या भएकाे प्रारम्भिक अनुमान

ट्युसन पढ्न घरबाट निस्किएकी एकजना एकजना किशोरीको उनकै साथीबाट हत्या भएको खुलेको छ।उदयपुरको बेलका नगरपालिका वडा नम्बर–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै १७ वर्षीया नाबालिग साथीबाट भएको खुलेको हो।

Advertisement 1

कविताको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय विजय ढकाललाई पनि पक्राउ गरेको छ। उनी पक्राउ परेकी नाबालिगका ठूलो बुवाका छोरा हुन्।उक्त विद्यालयको १० कक्षाकी छात्रा कविताको शव बुधबार बिहान विद्यालय गइरहेका बेला स्थानीय यशोदा खोलामा हत्या भएको थियो। उनको शव अनुहार क्षतविक्षत भएको अवस्थामा फेला परेको प्रधानाध्यापक सूर्यनारायण साहले बताए।

उनको टाउकोमा ढुङ्गा र वियरको बोतल प्रयोग गरी प्रहार भएको घटनास्थलको प्रकृतिलाई उद्धृत गर्दै स्थानीयले बताएका छन् । घटनास्थल र लासको प्रकृतिबाट प्रहरी र स्थानीय किरोशीको हत्या नै भएको निचोडमा पुगेको थियो ।

Advertisement 2

“संगै पढ्ने साथी–साथीबीच प्रतिशोध साधेर गरिएको सामान्य कुटपिटको योजना हत्यासम्म पुगेको देखिएको छ ।” घटनाको प्रारम्भिक अनुसन्धानबारे इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज प्रहरी निरीक्षक तेजप्रसाद दाहालले भने “सत्यतथ्य भने अनुसन्धानपछिको निचोडले निर्कौल गर्नेछ ।”

घटनापछि प्रहरीले हत्याराको खोजी थालेको थियो । त्यसक्रममा संकास्पद देखिएका दुई दाजु–वहिनीलाई गाउँमै घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्यो । बेलका नपा–३ बस्ने १९ वर्षिय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षिया सरिता ढकाल (खत्री) लाई पक्राउ गरेको हो । एकवर्षदेखि वहिनीकै घरमा बस्दै आएका दाजु विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको बुझिएको छ ।

Advertisement 3

प्रनि दाहालका अनुसार पक्राउ पछि सोधपुछको क्रममा उनीहरुबाट प्रतिशोधका कारण हत्या भएको कुरा खुलेको छ । मृतक कविताले आफुलाई विभिन्न कुरामा ब्याकमेलिङ गर्ने, तनाव दिने गरेकोले त्यसैको रिस फेर्न योजना बनाई एकाविहानै फोन गरेर ट्युसन पढ्न बोलाएको र बाटैमा रोकेर दाजुसंग मिलेर कुटपिट गरेको प्रहरीलाई वयान दिएकी छिन् । विहान पटक–पटक मृतकसंग फोनमा कुरा भएको कुरा प्रहरीले पत्ता लगाएको छ । घटनाको एकाविहानै पक्राउ परेकी सरिताले नै मृतक कवितालाई फोन गरेर बोलाएको पत्ता लागेको छ । फोनबाट बोलाएर एकान्तमा लगेर कुटपिट गरेको र घटनाले ठूलो रुप लिने डर भएपछि दाजुवहिनीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।

उनीहरु स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हुन् । सो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतका अनुसार पक्राउ परेकी सरिता र मृतक कविता विद्यालय र गाउँका मिल्ने साथी थिए । साथीको नाताले ढकाल दाजु–वहिनी मतृक कविताको घरमा बाक्लै आउजाउ गर्ने गर्दथे । मृतक कविता विद्यालयकै अनुशासित, इमान्दार, मेहनती र जेहेन्दार छात्रा थिइन् । विद्यालयले विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानविन गरी अपराधीलाई कडा कारवाहीको माग गरेको छ ।

प्रकाशित :२०७८ चैत्र २३, बुधबार ०८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry