सशस्त्र डिएसपी गैरेले ल्याए ‘मीरा हुँ म तिम्री’ 

काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरेश गैरेले नयाँ गीत सार्वजनिक गरेका छ्न ।

Advertisement 1

बेनिसा पौडेलको स्वर र सविता बस्नेत दानीको शब्द रहेको प्रेम भावनाले ओतप्रोत गीत ‘मीरा हुँ म तिम्री’ सार्वजनिक गरेका हुन् ।

उक्त गीत गैरे सुरेश अफिसियल च्यानलमार्फत् सार्वजनिक गरिएको गीतमा शिला गजुरेल र विशाल थापाको अभिनय रहेको भने सन्दीप भुजेलले निर्देशन र सम्पादन ओम प्रसाईले गरेका छन् ।लामोसमयदेखि आधुनिक गीतमा स्वर र संगीत दिने गरेका गैरेले यसअघि तीज गीत सुरेश ‘हात्ती आयो लसलस’, भोले शंकर तिम्रो रुपै भयंकर बोलको शिवभजन पनि सार्वजनिक गरेका थिए ।

Advertisement 2

उनले संगीत गरेका गीतरगजलहरू ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘किन हजुर नबोलेको’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, ‘कति बोलेर पछुताउँछन्’ आदि हरेक उमेर र वर्गका श्रोताका लागि लोकप्रिय र कर्णप्रिय छन्।सशस्त्र प्रहरी बलमा कार्यरत डिएसपी गैरे संगठनभित्रका पनि अब्बल अधिकृत हुन् । उनी संगठनभित्र हुने अध्ययन तथा अनुसन्धानमा पनि पटक–पटक उत्कृष्ट ठहरिँदै आएका छन ।

प्रकाशित :२०८० फाल्गुन १, मंगलवार १६:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry